प्रहरीले डकैती मुद्दाका फरार अभियुक्तलाई गोली हानेर पक्रियो

काठमाडौं– प्रहरीले बौद्धबाट डकैती मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । बौद्धको अत्तरखेलमा डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

खुट्टामा गोली लागेका तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बिहीबार पनि हतियार देखाएर लुटपाट गर्ने समूहका चारजनालाई पक्राउ गरेको थियो । तामाङ पनि सोही समूहमा आबद्ध थिए । छिरिङको समूहले उपत्यकाको सुन पसल, मनी एक्सेन्जलगायत वित्तीय संस्थामा हातहतियार तथा खुकुरी देखाएर लुटपाट गर्दै आएको थियो । 

बिहीबार मात्रै महाशाखाको टोलीले समूहका धराने भनिने नीतेश तामाङ, मुन्द्रे भनिने अजय घ्यावा तामाङ, बाहुन भनिने रुपेश चौलागाईं र जिग्री भनिने मकवानपुरका भीमराज थिङलाई पक्राउ गरेको थियो । 





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १६:३४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया