ढकालवंश महासंघ द्वारा ढकालवंश–प्रवर्धक ब्रह्मर्षि उपमन्युको दोस्रो जन्म–जयन्ती विविध कार्यक्रमका बीच भक्तपुरको राधेराधे भाटभटेनी छेउको रोयलथाई हस्पिटालिटीहलमा मनाइएको छ ।
कर्मठ, सक्षम र जिम्मेवारी बोधभएका मेहनती व्यक्तित्व ढकालवंश महासंघका महासचिव नवराज ढकालबाट सञ्चालन भएको कार्यक्रमको अध्यक्षता ढकालवंश महासंघका उपाध्यक्ष विश्वनाथ ढकालले गरेका थिए भनेस्वागत मन्तव्य संविधानसभा सदस्य ओमदेवी मल्ल ढकालले राखेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले पानसको दियो प्रज्वलन गरी उद्घाटन गरेका थिए । उद्घाटन अवसरमा उपमन्युद्वारा पौराणीककालमा रचित शिवस्तोत्रको संङ्गितमय भजन प्रमुख अतिथिबाट लोकार्पण समेत भयो । यसपछि आफ्नो मन्तव्यका क्रममा उनले भने, ‘म सँग फुर्सदको समय नहुदा नहुँदै पनि चियाको छोटो समयलाई यहाँ सदुपयोग गरेको छु, तर यहाँ आइपुग्दा तपाईँ बन्धुहरूको उत्साह, उमङ्ग र उपस्थिति देख्दा ज्यादै खुसी लागेको छ । आगामी दिनहरूमा समेत सबै कार्यहरू यसरी नै मिलेर रमाउँदै गर्नुहोला ।’
ब्रह्मर्षि उपमन्यु को हुन् ?
स्कन्धपुराण, शिवपुराण, बाशिष्ठग्रन्थ लगायतका पौराणिक ग्रन्थानुसार श्रृष्टिकर्ता ब्रम्हाजीका मानसपुत्र ब्रह्मर्षि वशिष्ठले सत्ययुगमा अक्षय तृतियाको शुभमुहुर्तमा भोलेबाबा र माता पार्वतीका बीच वैवाहिक–कार्य सम्पन्न गराएको सर्वविदितै छ । ब्रह्मर्षि वशिष्ठका अरुन्धती, कपिञ्जली, घृताची र व्याघ्रयोनी ४ पत्नीहरुको नाम चर्चामा छ । पत्नी व्याघ्रयोनीबाट ऋषि व्याघ्रपाद सहित १९ पुत्र पैदा भए ।
तिनै ऋषि व्याघ्रपादका दुई पुत्र रत्नहरुमा दाज्यु ब्रह्मर्षि उपमन्यु र भाई ऋषि धौम्य भए । ऋषि व्याघ्रपाद भगवान श्री कृष्णका गुरु थिए भने ऋषि धौम्य पाण्डवहरुका पुरोहित थिए । ब्रह्मर्षि वशिष्ठ कुलमा ‘शक्ती’ ऋषिका पुत्र ऋषि पराशर र सत्यवती (मत्स्यगंधा)का पुत्र श्रीकृष्णद्धैपायन(व्यास)लाई महाभारतमा उल्लेख गरिएको पाइन्छ । यसरी बिश्लेषण गर्दा ऋषि पराशर र ब्रह्मर्षि उपमन्यु ब्रम्हर्षि वशिष्ठ कुलमा समकालिन र आफन्त थिए भन्न सकिन्छ ।
महाभारतकै अनुशासन पर्वमा उल्लेख भएअनुसार एकदिन भगवान श्रीकृष्ण कैलास जाने क्रममा उपमन्यु आश्रममा पुगे र उनी उपमन्युलाई ‘हे ब्रम्हर्षि’ भनी सम्बोधन गरे, भनिएको छ, जसअनुसार ऋषिहरुको बर्गीकरणमा उपमन्यु ब्रम्हर्षि भएको कुरालाई पुष्टि गर्दछ । उपमन्युका पिता ब्याघ्रपादले सन्तानलाई बाल्यावस्थामै छाडेर सन्यासाश्रम ग्रहण गरेकाले माता यशोवतीका काँधमा यिनको लालन–पालनको जिम्मा आइपर्यो । घरको अभावलाई हेरेर केही राहत होला की १ भनी दुई वटै छोरालाई च्यापेर माइत गइन्, तर यिनको दुःखमा माइतीघर सहयोगी बन्न सकेन ।
उपमन्युले दुःखको सागररुपि जीवनलाई अझ कठोरतापूर्वक शिव स्तुति (तपस्या)को थालनी गरे, ठूलो कष्टसहन गरेर भए पनि देवाधीदेव भोलेनाथबाट आशिर्वाद प्राप्त गर्नसकेकाले दुःख र मेहनतको अर्को पर्यायी नाम ब्रह्मर्षि उपमन्यु भन्न सकिन्छ, प्रेरणा लिन सकिन्छ र उपमन्यु गोत्रीय हामीले आफूलाई भाग्यशाली मान्न सकिन्छ ।
यसपछि कार्यक्रममा अस्पताल, विद्यालय, क्याम्पस, प्रकाशन गृह, शैक्षिक तथा तालिम प्रतिष्ठान, होटल साथै रेष्टुरेण्ट आदिसँग ढकाल बन्धुहरुकालागि तालिममा र सेवामा विशेष छुट तथा सहुलियत प्राप्त हुने सम्बन्धमा सम्झौता भयो । हालै चीनमा आयोजना भएको विश्व युवा वैज्ञानिक सम्मेलनमा स्वर्णपदक विजेता श्रृजन ढकाल र उनका पिताजी शुभासचन्द्र ढकाललाई सम्मान तथा बधाई ज्ञापन भयो । रक्तदान कार्यक्रमको गरीमा अलग्गै देखिन्थ्यो, शोभायमान थियो । आजको कार्यक्रमलाई खिर दिवसको रूपमा पनि हेरियो र मस्तिले खिर खाँदै हर्षोल्लासपूर्वक मनाएको देखिन्थ्यो ।
उपमन्यु गोत्रीय पूर्व मन्त्री सिपि मैनाली, डा। प्रकाश ढकाल, श्यामसुन्दर बर्तौला, शम्भूप्रसाद मैनाली, टेकेन्द्र ढकाल, लगायतबाट शुभकामना मन्तव्य व्यक्त भएको थियो । कार्यक्रमका संयोजक एवम् गृह प्रशासन सेवा क्षेत्रका अनुभवी पूर्व प्रमुख जिल्ला अधिकारी तथा पेसागत महासंघ सभापति पुण्यप्रसाद ढकाल, ढकालवंश महासंघका प्रमुख सल्लाहकार पूर्वमन्त्री टंक ढकाल, पूर्वमन्त्री राधाकृष्ण मैनाली, अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) केदारप्रसाद ढकाल, पूर्व रथी यामप्रसाद ढकाल, वंशमहासंघका उपाध्यक्ष कृष्ण ढकाल आसाम, ईहिासविद् एवम् संचारकर्मी कृष्णप्रसाद ढकाल, जगन्नाथ ढकाल, कमल ढकाल, सुदिप ढकाल, हरिविष्णु ढकाल, भूपाल ढकाल, गोपाल ढकाल, किशोर ढकाल, ऋषिराम ढकाल, सन्तोषराज ढकाल, निर्मला ढकाल, विष्णुदेवी ढकाल, गोविन्दप्रसाद ढकाल, महेश ढकाल, हरि ढकाल, तुलसीराम ढकाल, अर्जुनप्रसाद ढकाल लगायतको उपस्थिति र उल्लासमय वातावरणमा ब्रह्मर्षि उपमन्यु जन्मजयन्ती मनाइयो ।









फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।