२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

दिक्तेल समाजको १६औँ वार्षिक उत्सव : नेवारी संस्कृतिको संरक्षणमा पहल

खोटाङको दिक्तेल समाज काठमाडौंले १६ औँ वार्षिक उत्सव समारोहमा लाखे नाच प्रदर्शनी गरेको छ । बुधबार दिक्तेल समाज काठमाडौंले नेवा समुदायको कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले १६ औँ वार्षिक उत्सव समारोहका साथै लाखे नाच प्रदर्शनी गरेको हो ।  


खोटाङ जिल्लाका दिक्तेलवासी टंकबहादुर श्रेष्ठले दिक्तेलमा नेवा समुदायले जस्तै गरी नेवा पर्वहरू मनाइने बताए । ‘दिक्तेल समाज भनेको नेवा समुदायको नितान्त कला संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले सङ्गठित संस्था हो,’ उनी भन्छन्, ‘दिक्तेलबाट काठमाडौं आएका करिब १२२ घर परिवार यहाँ छौ । हामी हाम्रो पुर्खाले जसरी दिक्तेलमा गरिरहनु भएको थियो त्यसरी नै यहाँ गरिरहेको छौ ।’



यस्तै पुर्ख्यौली घर खोटाङ दिक्तेल भएकी कलाकार दिपाश्री निरौलाले सबै जना मिलेर  नेपाली संस्कारलाई जोगाउनुपर्ने बताइन् । ‘लाखे नाच परम्परा हो । यसलाई हामी सम्पूर्ण नेपालीहरूले जोगाएर राख्नुपर्छ । त्यस कारण अहिलेको पिँढीले झन् धेरै खोजिरहेका छन् । अहिलेको पिँढी यति चलाख हुनुहुन्छ उहाँहरूले युट्युबमा, गुगलमा खोजेर त्यही माध्यमबाट आफ्नो कला राखिरहनु भएको छ । अबको पिँढीले परम्परा बिर्सिँदैनन् । बिर्सिए भने पनि हामी झक्झकाउँछौँ,’ उनले भने ।   

दिक्तेल समाज काठमाडौंले आगामी दिनमा समुदायको पहिचान, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनका लागि अझै प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। समाजले दिक्तेल समुदायका नयाँ पुस्तालाई संस्कृति, परम्परा र मौलिकता सिकाउने अभियानलाई अझ सशक्त बनाउने योजना अघि सारेको छ। संस्कृति जोगाउने जिम्मेवारी केवल संस्थाको मात्र नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको समाजको भनाइ छ । 



समाजले काठमाडौं उपत्यकामा बसोबास गर्ने दिक्तेल बासीलाई सङ्गठित गर्दै सामाजिक, धार्मिक र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

 



 

  • प्रकाशित मिति : २१ साउन, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया