काठमाडौं– सरकारले २६ गते आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ ।
उपत्यकामा रातो मच्छिन्द्रनाथको भोटो देखाउने अवसर भएको हुनाले बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले विज्ञप्ति जारी गर्दै ‘उपत्यकामा रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेको हुनाले बिदा दिने सूचना प्रकाशित गरिएको’ उल्लेख गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।