पछिल्ला वर्षमा नेपाली विद्यार्थीको उच्च शिक्षा प्राप्तिका लागि विदेश जानेको संख्या तीव्र गतिमा बढेको छ । नेपाली विद्यार्थी विश्वका करिब ७० भन्दा बढी देशमा सूचना प्रविधि, व्यापार व्यवस्थापन, म्यानेजमेन्टजस्ता आधुनिक विषयहरू अध्ययन गर्न विदेश जाने गरेका छन् । यद्यपि विदेशमा अध्ययन गर्दा आउने चुनौती र आर्थिक बोझलाई मध्यनजर गर्दै नेपालमा पनि विदेशी डिग्री उपलब्ध गराउने शैक्षिक संस्थाहरू स्थापना भएका छन् ।
नेपालमा हाल ५६ वटा शैक्षिक संस्थाहरूले विभिन्न विदेशी विश्वविद्यालयसँग सम्बन्धन गरी स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यी कलेजले विदेशी विश्वविद्यालयको पठनपाठन पद्धति, शैक्षिक स्तर र नियम कानुनअनुसार नै कार्यक्रम सञ्चालन गर्छन् । यसले विद्यार्थीलाई विदेश जान नपरी आफ्नो इच्छाअनुसार देशका चर्चित विश्वविद्यालयबाट मान्यता प्राप्त डिग्री नेपालमै प्राप्त गर्ने सुविधा दिएको छ ।
यसै सन्दर्भमा ‘एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट’ (एआईटिएम) कलेज एक महत्वपूर्ण उदाहरण हो । सन् २०१२ मा स्थापना भएको यो कलेजले बेलायतको प्रतिष्ठित ‘युनिभर्सिटी अफ द हाईल्याण्ड्स एन्ड आइल्याण्ड्स’ (युएचआई)सँगको साझेदारीमा स्नातक तथा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
१३ वर्षको लामो समयदेखि निरन्तर सेवा गर्दै आएको एआईटिएम कलेजले उच्च शिक्षामा गुणवत्ता र नवीनता ल्याउँदै विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । विद्यार्थीलाई आफ्नै घर र परिवेशमा विश्वस्तरीय शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै, एआईटिएमले नेपालका युवा प्रतिभाहरूलाई आधुनिक ज्ञान र सीपसँग सुसज्जित बनाउने कार्यमा अग्रसर छ ।
एआईटिएम कलेजले स्नातक तहको चारवर्षे कार्यक्रमअन्तर्गत ‘ब्याचुलर इन बिजनेश एडमिनिस्ट्रेसन’, ‘ब्याचुलर इन हस्पिटालिटि म्यानेजमेन्ट’ र ‘ब्याचुलर इन कम्प्युटिङ एण्ड आईटी’ जस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । योसँगै स्नातकोत्तर तहमा एआईटिएम कलेजले ‘मास्टर्स इन बिजनेस एडमिनिस्ट्रसन’ (एमबिए) को दुई वर्षे कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
एआईटिएम कलेजले सम्बन्धन लिएको विश्वविद्यालयको अध्यापन शैली केवल कक्षा कोठामा मात्र सीमित नभएर विद्यार्थीको दैनिक जीवन शैलीमा मेल खान्छ जसले विद्यार्थीको अध्ययन शैलीलाई सरल, सहज र व्यवहारिक मात्रै बनाउँदैन शिक्षक र विद्यार्थीबीच घनिष्ठ सम्बन्ध सिर्जना गर्न मद्दत गर्छ ।
विद्यार्थी सन्तुष्टिको हिसाबले यो विश्वविद्यालय स्कटल्याण्डमै उत्कृष्ट मानिन्छ । पछिल्ला वर्षमा विद्यार्थीको अनुभव र सन्तुष्टि सर्वेक्षणमा पनि यो विश्वविद्यालय निरन्तर अग्रस्थानमा पर्न सफल भएको छ ।
यो विश्वविद्यालयका स्नातकोत्तर तहका कार्यक्रम लगातार तीन वर्षसम्म पहिलो नम्बरमा परेका छन् । विद्यार्थीलाई पढाइमा मात्र सीमित नगरी, उनीहरूलाई सांस्कृतिक, खेलकुद र साहसिक गतिविधिमा पनि सहभागी गराउने कुरालाई विश्वविद्यालयले विशेष प्राथमिकतामा राखेको छ ।

एआईटिएम कलेजले पनि विश्वविद्यालयको त्यही शैलीलाई आफ्नो कलेजमा हुबहु उतार्ने प्रयास गरेको छ । विश्वविद्यालयले विद्यार्थीलाई जुन विधि, पद्दती र शैलीमा अध्यापन गराउँछ एआईटिएम कलेजमा पनि सोही तरिकाले अध्यापन गराइन्छ । युएचआई विश्वविद्यालयको शैक्षिक क्यालेन्डर र एआईटिएम कलेजको शैक्षिक क्यालेन्डरमा कुनै भिन्नता छैन ।
युएचआई विश्वविद्यालयका प्रतिनिधिहरूले वर्षमा पटक–पटक कलेजमा अनुगमनको लागि आउने भएका कारण पनि गुणस्तरमा कुनै सम्झौता गरेको छैन । सन् २०२४ मा मात्रै विश्वविद्यालयका प्रतिनिधि भौतिकरूपमै कलेजमा उपस्थित भएर चारपटक गुणस्तर परीक्षण गरेको एआईटिएम कलेजका सिइओ रोशन राठीले बताए ।
कलेजले विश्वविद्यालयको सिद्धान्त र उद्देश्यअनुसार विद्यार्थीलाई अध्यापन गराइरहेको छ वा छैन भनेर परीक्षण गर्न विश्वविद्यालयबाट प्रतिनिधि आउने गरेको सिइओ राठी बताउँछन् ।
उनका अनुसार बेलायतमा गएर युएचआई विश्वविद्यालयमा अध्ययन गर्नु र नेपालमा एआईटिएम कलेजमा अध्ययन गर्नुमा कुनै फरक छैन । फरक यति मात्र छ कि त्यहाँ गएर एक वर्ष अध्ययन गर्ने खर्चले एआईटिएम कलेजमा चार वर्ष अध्ययन गर्न सकिन्छ ।

भौतिक संरचनाको दृष्टिकोणले पनि एआईटिएम कलेज उत्कृष्ट छ । शिक्षण संस्थामा शैक्षिक वातावरण सिर्जना गर्न अध्यापन शैलीसँगै भौतिक पूर्वाधार पनि उत्तिकै महत्वपूर्ण हुन्छ, जसले विद्यार्थीलाई अध्ययनमा उत्साहित गर्न मद्दत पुर्याउँछ भन्ने कुरा बुझेका एआईटिएम कलेज सञ्चालकले भव्य भौतिक संरचना मात्र बनाएका छैनन्, त्यहाँ हरेक कक्षा कोठा र प्रयोगशालालाई अत्याधुनिक प्रविधियुक्त बनाएका छन् । जसका कारण कलेजमा पुग्ने जोकोही विद्यार्थी तथा अभिभावक कलेजको भौतिक संरचना र प्रविधि देखेर प्रभावित हुने गरेका छन् ।
करिब १६ रोपनी क्षेत्रमा फैलिएको उक्त कलेजमा अत्याधुनिक भवनसँगै प्रविधियुक्त ४९ वटा विशिष्ट कक्षाकोठा रहेका छन् भने १९ वटा प्रयोगशाला र दुई पुस्तकालय रहेका छन् । त्यस्तै, सांस्कृतिक कार्यक्रम गर्ने हलदेखि खेलकुदका लागि खेलमैदान पनि कलेजकै प्राङ्गणमा रहेको छ ।
विदेशी सम्बन्धन प्राप्त कलेजमा भौतिक पूर्वाधार अभाव हुन्छ, भाडाका साना भवनमा सञ्चालन हुन्छन्, सरकारले तोकेका न्यूनतम् मापदण्ड पूरा गरेका हुँदैनन् भन्ने आरोपलाई एआईटिएम कलेजले गलत सावित गरिदिएको छ ।

त्यस्तै विदेशी सम्बन्धन प्राप्त कलेजमा परीक्षाबिना नै विद्यार्थीलाई सर्टिफिकेट दिइन्छ भन्ने आरोपलाई सिइओ रोशन राठी सिधै नकार्छन् । उनका अनुसार कलेजमा हुने हरेक परीक्षा र विद्यार्थीको नतिजा मूल्यांकनमा विश्वविद्यालय नै जोडिएको हुन्छ ।
विश्वविद्यालयबाटै आएर शिक्षकलाई प्रशिक्षण दिने गरेको राठी बताउँछन् । एआईटिएम कलेजका हरेक शिक्षक विश्वविद्यालयको स्वीकृत प्राप्त छन् । उनका अनुसार विश्वविद्यालयले स्वीकृत नगरेका शिक्षकलाई कलेजले राख्न पाउँदैन । विश्वविद्यालयको कडा मार्गनिर्देशनमा रहेर मात्र अध्यापन हुँदै आएको छ ।
उनका अनुसार एआईटिएम कलेजले पढाउने विषय वस्तु र युएचआई विश्वविद्यालयले बेलायतमा अध्यापन गराउने कन्टेन्टमा कुनै फरक छैन । आईटिएम कलेजले स्नातक र स्नातकोत्तर तहका कार्यक्रमको मात्र नभएर ‘प्ल टु’का विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।