त्रिभुवन विश्वविद्यालयले दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं— विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालयले सम्मेलन आयोजना गर्ने भएको छ । 
 
ललितपुरमा हुने दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको जेठ २६ गते आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । 

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर त्रिविका उपकुलपति तीर्थराज खनियाँले विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गरेर विदेशी विद्यार्थीलाई आकर्षित गर्न सम्मेलनले टेवा पुग्ने जानकारी गराए ।

सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार, उद्यमशीलता र व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरिने कुलसचिव (रजिस्ट्रार) डिल्लीराम उप्रेतीले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १७:३७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया