२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

पुटिन र जेलेन्स्कीबीच वार्ता हुनसक्ने ट्रम्पको संकेत

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ताको राम्रै सम्भावना रहेको बताएका छन् ।


बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकोफ र रुसी राष्ट्रपति पुटिनबीच भएको छलफल धेरै राम्रो भएको जनाउँदै आफू दुवै नेतासँग वार्ता गर्न खुला रहेको बताएका हुन् ।



क्रेमलिनले पनि सो वार्तालाई रचनात्मक भन्दै दुबै पक्षबीच संकेतहरू आदानप्रदान भएको बताएको छ । तर विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

यो भेटवार्ता ट्रम्पद्वारा रुसी आक्रमण रोक्न अन्तिम म्याद तोकेको केही दिनअघि भएको हो ।  ट्रम्पले आफ्ना युरोपेली साझेदारहरूसँग पनि छलफल भएको भन्दै ट्रूथ सोसियलमा पोस्ट गरेका छन् ।



‘सबै सहमत छन्, यो युद्ध अन्त्य हुनुपर्छ, र हामी यसतर्फ काम गरिरहनेछौं,’ उनले लेखेका छन् ।

यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि ट्रम्पसँग विटकोफको भ्रमणबारे टेलिफोन वार्ता भएको पुष्टि गरेका छन् । 

जेलेन्स्कीले रूसले शान्तिका लागि गम्भीर पहल गर्ने हो भने उसले आर्थिक दबाबमा पर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन् ।

यदि रुसले युद्ध अन्त्यतर्फ ठोस कदम नचालेमा ट्रम्प प्रशासनले कडा प्रतिबन्ध र रूससँग व्यापार गर्नेहरूलाई समेत दोस्रो चरणको प्रतिबन्धको चेतावनी दिएको छ ।



  • प्रकाशित मिति : २२ साउन, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया