चीनमा कैदीहरुलाई पनि अनलाइन सपिङ

एजेन्सी– पछिल्लो समय अनलाइनबाट सामान किन्ने ट्रेन्ड बढेको सबैलाई थाहा नै छ । यो ट्रेन्ड नेपालमा मात्र होइन, विश्वभर बढिरहेको छ । 

झन्, चीनमा त अनलाइन सपिङ गर्नेहरुको ट्रेन्ड निकै बढिसकेको छ । कतिसम्म भने चीनमा अब कैदीहरुले पनि अनलाइनबाट नै सामान किन्न पाउने भएका छन् । चीनको गुआङ्गडोङ्ग प्रान्तमा जेलमा रहेका कैदीहरुका लागि अनलाइन सपिङ सुरु भएको हो । 

यो अनलाइनबाट कैदीहरुले महिनाको ३ हजार रुपैयाँ बराबरको सामान खरिद गर्न पाउने बताइएको छ । यो अनलाइनमा उनीहरुको फ्रिन्गरप्रिन्टबाट एक्सेस गर्न सकिन्छ । 





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १७:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया