२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

काठमाडौंमा ‘स्टडी इन इन्डिया एक्स्पो’ हुँदै, भारतमा पढ्नचाहने विद्यार्थीलाई सुनौलो अवसर
‘स्टडी इन इन्डिया एक्स्पो’ले प्रदान गर्छ नेपाली विद्यार्थीलाई भारतका प्रतिष्ठित विश्वविद्यालयहरूमा सजिलै पहुँच

काठमाडौंमा ‘स्टडी इन इन्डिया एक्सपो’ पुनः आयोजना हुँदै छ । यही शुक्रबार र शनिबार अर्थात् साउन २३ र २४ गते (८–९ अगस्ट २०२५) नेपालको सबैभन्दा पुरानो र भरपर्दो भारतीय शिक्षा मेलाको रूपमा चिनिने स्टडी इन इन्डिया एक्सपो पुनः आयोजना हुन लागेको हो । 


अफेयर्स नेपाल प्रा. लि. को आयोजनामा द एभरेष्ट होटलमा हुने यो एक्सपोले भारतका प्रमुख विश्वविद्यालय र कलेजहरूलाई एउटै छानामुनि ल्याउनेछ । आयोजकका अनुसार यो एक्सपोबाट नेपाली विद्यार्थीहरूलाई भारतमा उच्च शिक्षा सम्बन्धी सही जानकारी र मार्गदर्शन प्रदान पाउनेछन् । 



यो एक्सपोमा विज्ञान, व्यवस्थापन र मानविकी धारका विद्यार्थीहरूका लागि स्नातक, स्नातकोत्तर, व्यावसायिक तथा व्यावसायिक पाठ्यक्रमहरू समेटिने अफेयर्स नेपाल प्रा. लि. संस्थापक एवं प्रबन्ध निर्देशक कुमार थपलियाले बताए । सहभागी शैक्षिक संस्थाहरूको प्रतिनिधित्व प्रत्यक्ष वा तिनका आधिकारिक नेपाली कन्सल्ट्यान्टहरूमार्फत गरिनेछ।

दुई दिनसम्म चल्ने यो एक्सपोले विद्यार्थी र अभिभावकहरूलाई मैत्रीपूर्ण र जानकारीमूलक वातावरणमा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्ने अनुपम अवसर प्रदान गर्ने आयोजकको विश्वास छ । विद्यार्थीहरूले पाठ्यक्रम छनोट, भर्ना योग्यता, शुल्क, छात्रवृत्ति, भविष्यको करियर, छात्रावास, पूर्वाधार र अन्य सुविधाहरूबारे जानकारी लिन पाउने थपलियाले बताए । 



पाँच हजारभन्दा बढी आगन्तुकहरूले यस एक्सपोलाई लाभ उठाउने अपेक्षा आयोजकले गरेको छ । थपलियाका अनुसार इन्जिनियरिङ, पेरामेडिकल, नर्सिङ, डेन्टल, आइटी, एआई र एमएल, डिजाइन, व्यवस्थापन, होटेल म्यानेजमेन्ट, पत्रकारिता, आर्किटेक्चर लगायतका विषयहरूमा मेरिट आधारमा स्पट एडमिशन र छात्रवृत्ति पनि उपलब्ध हुनेछ ।

‘विद्यार्थीहरूले आफ्ना रुचि र क्षमताअनुसार भविष्यमा रोजगारीको सम्भावना हुने क्षेत्रको सही छनोट गर्नुपर्छ । यही सन्देश ’स्टडी इन इन्डिया एक्सपो मार्फत दिइनेछ,’ थपलियाले भने । 

भारत नेपाली विद्यार्थीहरूका लागि सांस्कृतिक निकटता, विश्व स्तरीय शिक्षा, लागतको पहुँच योग्यता र विषयवस्तुको विविधताका कारण अत्यन्तै लोकप्रिय गन्तव्य बन्न पुगेको छ । भारतमा अध्ययन गर्नु भनेको केबल डिग्री मात्र नभई समृद्ध सांस्कृतिक अनुभव र उज्वल भविष्यका लागि अवसर पनि मानिन्छ । 



  • प्रकाशित मिति : २२ साउन, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया