२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

भारतीय निर्यातकर्ता भन्छन्- ट्रम्पको ५० प्रतिशत कर लगाउने आदेश गम्भीर झट्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्लीले रुसी तेल खरिद गर्दा भारतीय सामानमा थप कर लगाउने आदेश दिएपछि थप अमेरिकी करले व्यवसायमा थप जटिलता थपेको भारतीय निर्यातकले बताएका छन् । 


प्रारम्भिक २५ प्रतिशतको अमेरिकी कर लागू भएपछि नै व्यवसाय घटेको जनाउँदै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।  



अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार नयाँ दिल्लीमाथि युक्रेनमा मस्कोको युद्धको प्रमुख स्रोत रुसी तेलको खरिदका लागि थप २५ प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेसँगै भारतीय सामानमा अमेरिकी कर तीन हप्तामा दोब्बर हुनेछ ।  

छुटमा कच्चा तेलमा अर्बौँ डलर बचत गर्दै भारत रुसी तेलको दोस्रो ठूलो खरिदकर्ता बनेको छ । भारतको विदेश मन्त्रालयले ट्रम्पको थप करको घोषणाको निन्दा गर्दै यस कदमलाई ‘अनुचित र अन्यायपूर्ण’ भनेको छ ।



भारतीय निर्यात सङ्गठन महासङ्घ (एफआइइओ) का अध्यक्ष एससी रल्हानले आफू चिन्ताजनक प्रभावबाट डराएको बताउनुभयो ।

‘यो कदम भारतीय निर्यातका लागि ठूलो झट्का हो, अमेरिकी बजारमा हाम्रो लगभग ५५ प्रतिशत ढुवानी प्रत्यक्ष रूपमा प्रभावित भएको छ’, उनले एक विज्ञप्तिमा भने, ‘५० प्रतिशत पारस्परिक करले प्रभावकारीरूपमा लागतको बोझ लगाउँछ, हाम्रा निर्यातकलाई कम पारस्परिक कर भएका देशहरूका साथीहरूको तुलनामा ३०–३५ प्रतिशत प्रतिस्पर्धात्मक हानिमा राख्छ ।’

‘यदि राष्ट्रपति ट्रम्पले भारतबाट आयातमा घोषणा गरेको अतिरिक्त २५ प्रतिशत कर कायम रह्यो भने, उदीयमान उत्पादन हबका रूपमा भारतको आकर्षण निकै कमजोर हुनेछ’, क्यापिटल इकोनोमिक्सका सिलान शाहले एक नोटमा भने ।

अमेरिकी खर्चले भारतको कुल गार्हस्थ उत्पादन (जिडिपी) को लगभग दुई दशमलव पाँच प्रतिशत ओगटेको शाहले बताए । 



  • प्रकाशित मिति : २२ साउन, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया