२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

गाजामा कारबाहीबारे नेतन्याहू सरकार र सेनाबीच टकरावको संकेत

गाजामा जारी युद्ध र भावी रणनीतिबारे छलफल गर्न लागिएको सुरक्षा क्याबिनेट बैठकको पूर्वसन्ध्यामा इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले सेनाले आफ्नो अडान निर्धक्क, स्वतन्त्र र व्यावसायिकरूपमा राख्ने बताएका छन् ।  


इजरायली सञ्चारमाध्यमका अनुसार क्याबिनेट बैठकमा गाजामाथि पूर्ण नियन्त्रण लिने प्रस्तावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अनुमति माग्ने तयारी गरेका छन् । त्यही सन्दर्भमा सेनाप्रमुख जमिरले गम्भीर र स्पष्ट सन्देश दिएका हुन् । 



जमिरले भने, ‘हामी निर्धक्क भएर, व्यावहारिक, स्वतन्त्र र व्यावसायिक तरिकाले आफ्नो स्थिति राख्नेछौँ । हामी केवल सैद्धान्तिक हैन, जीवन र मृत्युको विषयमा निर्णय लिइरहेका छौँ । हामी राज्यको रक्षा, नागरिकको सुरक्षा र सैनिकहरूको हितका लागि काम गरिरहेका छौँ ।’

गाजासम्बन्धी रणनीतिमा सरकार र सेनाबीच मतभेद रहेको चर्चा भइरहेका बेला सेनाप्रमुखको यस्तो अभिव्यक्ति आएको हो ।



रक्षामन्त्री इजरायल काट्जले पनि सेनाको भूमिकालाई समर्थन गर्दै एक्स (ट्विटर) मा लेखेका छन्, ‘उपयुक्त फोरममा आफ्नो धारणा राख्नु सेनाप्रमुखको अधिकार र कर्तव्य हो । तर, सेनाले सरकारको नीति र निर्णयको सम्मान गर्नुपर्छ ।’

सेनाप्रमुख जमिरले भने, ‘हामी राज्यको भलाइ र यसको सुरक्षाका लागि जिम्मेवारी, निष्ठा र दृढताका साथ काम गरिरहनेछौँ । हामी हाम्रा निर्णय सैनिक र नागरिक दुवैका आँखामा हेरेर गरिरहेका छौँ ।’ 

गाजामा सेनाको कारबाहीबारे पछिल्ला विवादहरूबीच यो अभिव्यक्ति इजरायली सुरक्षा नेतृत्वको आन्तरिक सन्तुलनलाई संकेत गर्ने देखिएको छ । 



  • प्रकाशित मिति : २२ साउन, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया