शनिबार र आइतबार कोरियन भाषा परीक्षा, १० हजार कोटाका लागि ९२ हजारको प्रतिस्पर्धा

काठमाडौं– सरकारी कोटामा कोरिया गएर रोजगारीमा लाग्न चाहने नेपाली युवाहरूको इपिएसअन्तर्गतको कोरियन भाषा परीक्षा शनिबारदेखि सुरु हुँदै छ । शनिबार र आइतबार काठमाडौं र पोखरामा भाषा परीक्षा चल्नेछ । 

कोरियाले आगामी वर्षका लागि १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । सो कोटामा ९२ हजार तीन सय ५६ जना परीक्षार्थी सहभागी हुँदै छन् । अघिल्लो वर्ष पनि सोही हारहारी संख्यामा परीक्षार्थी थिए । 

शनिबार र आइतबार हुने परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ । यो परीक्षाबाट छानेर उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी कोरियाको छ ।

नेपालबाट सन् २००८ देखि सुरु भएको इपिएस प्रणालीमा १८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेका युवाले परीक्षा दिन पाउँछन् । 





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १८:३१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया