२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

भेनेजुएलाका राष्ट्रपति पक्राउ गर्नेलाई ५ करोड पुरस्कार दिने अमेरिकाको घोषणा

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको पक्राउमा सहयोग गर्ने व्यक्तिलाई ५ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।


अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीका अनुसार यसअघि घोषणा गरिएको २ करोड ५० लाख डलरको पुरस्कार रकम अब दोब्बर पारिएको हो । 



भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकाको यो कदमलाई खारेज गरेका छन् । उनले ५ करोड डलरको घोषणा अर्थहीन रहेको भन्दै यसलाई राजनीतिक प्रचारको हिस्सा मात्र भनेका छन् ।  

अमेरिकाले मादुरोलाई अन्तर्राष्ट्रिय लागुऔषध कारोबारमा संलग्न रहेको आरोप लगाउँदै उनलाई विश्वका ठूला लागुऔषध तस्करमध्ये एकका रूपमा चित्रित गर्दै आएको छ ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मादुरोका कडा आलोचक मानिन्छन् । मादुरोले विवादास्पद निर्वाचनमार्फत सत्तामा फर्किएपछि अन्तर्राष्ट्रिय समुदायबाट तीव्र विरोध बेहोर्नु परेको थियो ।

जनवरीमा सम्पन्न उक्त निर्वाचनलाई धेरै देशले अवैध र अलोकतान्त्रिक ठहर गरेका थिए । 



  • प्रकाशित मिति : २३ साउन, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया