१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

गाजा शहर कब्जा गर्ने नेतान्याहुको योजना इजरायली सुरक्षा क्याबिनेटले गर्‍यो अनुमोदन

इजरायलको सुरक्षा क्याबिनेटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको छ ।


प्रधानमन्त्रीको कार्यालयले शुक्रबार एक विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएको हो । 



इजरायलले सुरक्षा सुनिश्चित गर्न, हमासलाई हटाउन र सम्पूर्ण गाजाको नियन्त्रण लिन चाहेको नेतान्याहूले सुरक्षा क्याबिनेट बैठकअघि बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्तामा बताएका थिए ।

गाजा क्षेत्रमा सुरक्षा कायम राखी यो क्षेत्र सेनाहरूलाई हस्तान्तरण गर्न चाहेको जनाउदै सेनाले गाजबासीहरूको आवश्यकता र सहजता र बमोजिम कार्य गर्ने नेतान्याहुले बताएका छन् । 



यसैबीच, जवाफमा हमासले विज्ञप्ति जारी गर्दै यसले नेतान्याहुको भनाइलाई ‘वार्ता र युद्धविरामको लागि नभई’ हमासको फिर्तीको उद्देश्यलाई प्राथमिकतामा राखेको देखिएको जनाएको छ ।    
 
गाजाका स्वास्थ्य अधिकारीहरूले कम्तिमा ९ हजार ७५२ प्यालेस्टिनी मारिएको र ४० हजार घाइते भएको जनाएका छन् । इजरायलले गत १८ मार्चदेखि गाजामा पुनः आक्रमण गरी रहेको छ ।   



  • प्रकाशित मिति : २३ साउन, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया