Wed, 18 Sep, 2019


‘साहरुख, रणवीरभन्दा पछाडिको कुुकुर क्युट’
फरकधार / जेठ २४, २०७६

एजेन्सी– बलिउड कलाकारहरु बारम्बार ट्रोलको शिकार भइरहेका हुन्छन् । सामान्य कुरामा पनि उनीहरुलाई सामाजिक सन्जालमा मानिसहरुले उडाइरहेका हुन्छन् ।



यस्तै शिकार बनेका छन्, यसपटक बलिउड अभिनेता साहरुख खान र रणवीर कपुर । उनीहरुको एउटा फोटो अहिले निकै भाइरल भएको छ । तर, उनीहरुको फोटो भाइरल हुनुको कारण चाहिँ एउटा कुकुर हो । 

त्यसो त यी दुई अभिनेताले यो फोटो निकै स्टाइलिस तरिकामा खिचाएका छन् । तर, सामाजिक सन्जालमा भारतीयहरु पछाडि देखिएको कुकुरलाई बढी प्राथमिकता दिइरहेका छन् । एक सामाजिक सन्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘मेरो ध्यान त यी अभिनेताबाट हटेर त्यो कुकुरमा परेको छ, साहरुख र रणवीर भन्दा त त्यो कुकुर नै पो क्युट छ ।’


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्