नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ । यसपालि अक्सनमा ए क्याटेगोरीका ९ खेलाडीमध्ये चारजना सर्वाधिक १५ लाख रुपैयाँमा अनुबन्ध भए ।
सबैभन्दा पहिले चितवन राइनोजले देव खनाललाई अनुबन्ध गर्यो । चितवन र लुम्बिनी लायन्सले अधिकतम रकममा चासो देखाएपछि लक्की ड्रमार्फत खनाल चितवन पुगे ।
अर्जुन साउदका लागि पनि चितवन, विराटनगर किङ्स र कर्णाली याक्सले १५ लाख रुपैयाँसम्मको बोली लगाए । पुनः लक्की ड्रमा भाग्यमानी बन्दै चितवनले साउदलाई अनुबन्ध गर्यो ।
पहिलो सिजनमा चोटका कारण अक्सनमा नपरेका पवन सर्राफमाथि यसपटक चितवन, लुम्बिनी, कर्णाली र विराटनगरले उच्चतम रकममा बोली लगाए। लक्की ड्रको परिणामअनुसार उनी कर्णाली याक्समा अनुबन्ध भए ।
सबैभन्दा बढी प्रतिक्षित आदिल आलमका लागि अक्सनमा सबै ८ टोलीले चासो देखाए । न्यूनतम् १० लाख रुपैयाँबाट सुरु भएको बोली १५ लाखमा पुगेपछि लक्की ड्रमार्फत काठमाण्डु गोर्खाजले उनलाई अनुबन्ध गर्न सफल भयो ।
ए–क्याटेगोरीका अन्य खेलाडीमध्ये दिलिप नाथ र सूर्य तामाङ भने आफ्नो बेस रकम १० लाख रुपैयाँमा क्रमशः लुम्बिनी लायन्स र विराटनगर किङ्समा अनुबन्ध भए ।
यो पनि
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।