नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणअन्तर्गत शनिबार काठमाडौंमा भएको मिनी अक्सनमा आठ टोलीले जम्मा ३७ खेलाडी अनुबन्ध गरेका छन् । पहिलो चरणमा २६ खेलाडी चयन भएपछि बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छनोट गरिएको हो ।
‘ए’ श्रेणीका चार खेलाडी देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफ जनही १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन् । देव र अर्जुन चितवन राइनोजबाट आदिल काठमाडौं गोर्खाजबाट र पवन कर्णाली याक्सबाट खेल्नेछन् ।
अक्सनपछि टिम कप्तानहरूले धेरै हदसम्म आफूले चाहेको खेलाडी अनुबन्ध गर्न सफल भएको प्रतिक्रिया दिए । उनीहरूले आसन्न सिजनको उपाधि जित्न पूरा कोसिस गर्ने पनि बताए ।
विदेशी खेलाडी अनुबन्धपछि टिमहरू थप सन्तुलित हुने कप्तानहरूको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।