२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

ललित राजवंशीको स्थानमा साहब आलमले टप इन्ड टी-२० सिरिज खेल्ने
फाइल तस्बिर

अस्ट्रेलियामा हुने टप इन्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय टोलीका ललितनारायण राजवंशीको स्थानमा साहब आलम खेल्ने भएका छन् । आमाको निधन भएपछि ललित अस्ट्रेलिया नजाने भएपछि साहब आलमलाई टोलीमा राखिएको हो । 


१६ सदस्यीय नेपाली टोली आगामी अगस्ट १४ देखि २४ सम्म डार्विनमा आयोजना हुने सिरिज खेल्न अस्ट्रेलिया जानेछ । टोलीमा अधिकांश पुराना खेलाडी रहेका छन् ।



नेपालले सिरिजमा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग १५ अगस्टमा पहिलो खेल खेल्नेछ । त्यसपछि बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबर्ट हुरिकेन्स, मेलबर्न र पाकिस्तान साहिन्ससहितको टोलीसँग खेल हुनेछ ।

यसपछि नेपाल सेप्टेम्बरमा यूएईमा हुने वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० सिरिजमा पनि भाग लिने छ । आगामी अक्टोबरमा भने ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकप छनोटका लागि तयारीमा जुट्नेछ ।  





  • प्रकाशित मिति : २५ साउन, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया