पाली राष्ट्रिय क्रिकेट टोलीलाई आगामी टप इण्ड टी–२० सिरिजका लागि अस्ट्रेलिया प्रस्थान पूर्व नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार औपचारिक बिदाइ गरेको छ ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीहरूले टोलीका कप्तानलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै शुभकामना दिएका थिए । टोली सोमबार अस्ट्रेलिया प्रस्थान गर्नेछ ।
अस्ट्रेलियाको डार्बिनमा अगस्ट १४ देखि २४ सम्म हुने टप एन्ड टी–२० सिरिजमा सहभागी हुने नेपाली टोलीले अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त संयुक्त छनोट प्रतियोगिताको तयारी गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।