भारतको महिला यू–२० फुटबल टोली २० वर्षपछि प्रतियोगितामा स्थान बनाउन सफल भएको छ ।
ग्रुप ‘डी’ अन्तर्गतको अन्तिम खेलमा भारतले घरेलु टोली म्यानमारलाई १–० ले हराउँदै शीर्ष स्थानसहित छनोट पक्का गरेको हो ।
म्यानमारको थुवुन्ना फुटबल स्टेडियममा भएको खेलमा भारतले २७ औँ मिनेटमा पूजाको निर्णायक गोलमार्फत अग्रता लिएको थियो । यही गोल नै जितको आधार बन्न पुग्यो ।
यस विजयसँगै भारतले तीन खेलमा ७ अंक हासिल गर्दै समूह विजेता बनेको छ । खेलको पहिलो हाफमा भारतले बलियो दबदबा जमाए पनि दोस्रो हाफमा म्यानमारले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई लगातार दबाबमा राख्यो । घरेलु टोलीले गोलका थुप्रै अवसर सिर्जना गरे पनि भारतीय रक्षा र गोलरक्षकको दृढ प्रदर्शनका कारण सफल हुन सकेन ।
नेपालको सपना भने अधुरै रह्यो । नेपालले प्रतियोगितामा भुटानसँग बराबरी, साउदी अरेबियालाई हराउँदा उत्तर कोरियाविरुद्ध ११–० को पराजय बेहोर्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।