नेपाली क्रिकेट टिमका स्टार लेगस्पिनर सन्दीप लामिछानेको जीवन र उपलब्धि उनको जन्मथलो स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको पाठ्यक्रममा समावेश गरिएको छ ।
कक्षा–४ को पहिलो पाठमा पालिका अध्यक्ष प्रकाश तिवारीद्वारा तयार गरिएको जीवनीमा सन्दीपको बाल्यकालदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा सफलतासम्मको यात्रा समेटिएको छ ।
१८ साउन सन् २०५७ मा आरुचौर, अर्जुन चौपारीमा जन्मिएका सन्दीपले भारतमा बाल्यकाल बिताउँदै क्रिकेटको प्रारम्भिक परिचय पाए । कक्षा–४ पछि नेपाल फर्किएर चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षण लिएका उनी सन् २०१६ मा नामिबियाविरुद्ध अन्तर्राष्ट्रिय डेब्यू गरे ।
उनले ओडिआई क्रिकेटमा ४२ खेलमै सबैभन्दा छिटो १०० विकेट लिने विश्वकीर्तिमान राखेका छन् ।
आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्ने पहिलो नेपाली खेलाडीसमेत रहेका सन्दीपले आफ्नो बलिङ क्षमताबाट नेपाललाई विश्व क्रिकेट नक्सामा स्थापित गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।