Sun, 15 Sep, 2019


आजदेखि कोरियन भाषा परीक्षा
फरकधार / जेठ २५, २०७६

काठमाडौं– सरकारी कोटामा कोरिया गएर रोजगारीमा लाग्न चाहने नेपाली युवाहरूको इपिएसअन्तर्गतको कोरियन भाषा परीक्षा आजदेखि सुरु भएको छ । आज र भोलि काठमाडौं र पोखरामा भाषा परीक्षा चल्नेछ ।  



 कोरियाले आगामी वर्षका लागि १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । सो कोटामा ९२ हजार तीन सय ५६ जना परीक्षार्थी सहभागी हुँदै छन् । अघिल्लो वर्ष पनि सोही हारहारी संख्यामा परीक्षार्थी थिए । 

शनिबार र आइतबार हुने परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ । यो परीक्षाबाट छानेर उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी कोरियाको छ ।

नेपालबाट सन् २००८ देखि सुरु भएको इपिएस प्रणालीमा १८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेका युवाले परीक्षा दिन पाउँछन् ।  


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्