श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

अर्घाखाँची– श्रीमानको कुटपिटबाट अर्घाखाँचीको सितगंगा–१ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा सितगंगा–१ मन्द्रे घर्तीसारा निवासी ३४ वर्षीया बसन्ता खत्री रहेको प्रहरीले जनाएको छ । 

यहि जेठ २० गते अत्याधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ वर्षीय बिष्णु खत्रीले आफ्नो श्रीमतीलाई सामान्य झगडा हुँदा रिसको झोकमा मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्काई दिएका थिए । 

टाउको ठोक्किएर नाककानबाट रगत बगेर मृत्यु भएपछि मृतकका माईती पक्षले प्रहरीमा उजुरी दिएका थिए ।  घटनाबारे थाहा पाउनेबित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । 

सो क्रममा विष्णुले श्रीमती घरकै दलिनमा झुन्डिएर मृत्यु भएको भनि मृतकको घाटीमा पासो देखाउँदै आफूले बचाउन पासो काटिदिएको प्रहरीलाई झुठो कुरा बताएका थिए । 

जब सदरमुकाम जिल्ला अस्पताल सन्धखर्कमा शवको पोस्टमार्टमको रिपोर्टले कुटपिटबाटै मृत्यु भएको देखाएपछि प्रहरीले सोधपुछ गर्दा तब उनले घटनाबारे मुख खोलेको प्रहरीले जनाएको छ । 

आफूले कुटपिट गरेर मृत्यु भएपछि घाँटीमा पासो लगाइदिएको उनले स्विकार गरेका छन् । आफूले मुक्कै मुक्काले हानेर झ्यालमा टाउको ठोक्काएर नाककानबाट रगत बगेर श्रीमतीको मृत्यु भएको उनले स्विकार गरेका छन् ।  



मृतक खत्रीको अनुहारमा र शरिरको विभिन्न ठाँउमा निल डाम रहेको छ । अहिले जिल्ला अदालतबाट म्याद थप गरि अभियुक्त थुनामा रहेको प्रहरीले जनाएको छ । 



  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार १०:२१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया