स्नातकोत्तर तहको अध्ययन गर्ने विद्यार्थीलाई स्वयं सेवक शिक्षकका रूपमा खटाईने
तस्बिर इन्टरनेटबाट

विराटनगर–  प्रदेश १ सरकारले स्नातकोत्तर तहको अध्ययन गर्ने विद्यार्थीलाई पहाडी तथा हिमाली क्षेत्रका विद्यालयमा स्वयं सेवक शिक्षकका रूपमा खटाउने भएको छ । 

आर्थिक बर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममा संघीय सरकारको ‘चिनौं आफ्नै माटो बनाउँ आफ्नै देश’ अभियानसँग मिल्दो–जुल्दो गरी प्रदेश सरकारले पनि विद्यालयमा स्वयंसेवक परिचालन गर्ने कार्यक्रम घोषणा गरेको हो । 

उक्त अभियान सञ्चालन गरी प्राविधिक विषयमा स्नताकोत्तर तथा स्नातक युवालाई शिक्षक विद्यार्थी अनुपात धेरै भएका विद्यालयमा परिचालन गर्ने संघीय सरकारले बजेट मार्फत घोषणा गरिसकेको छ ।  

गणित, अंग्रेजी र विज्ञान शिक्षक नपुग विद्यालयमा स्वेच्छिक रूपमा शिक्षण स्वयंसेवक रूपमा परिचालन गर्न र उक्त विषयहरूमा नपुग शिक्षकका लागि शिक्षण सिकाइ अनुदान समेत गरी एक अर्व ५० करोड बजेटमा विनियोजन  गरिएको छ ।  





  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार १०:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया