१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

दक्षिण कोरियाकी पूर्वप्रथम महिला किमको कारागार बसाइ : पंखा छ, एसी छैन

दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम किओनहीलाई भ्रष्टाचार, पूँजी बजार हेरफेर र राजनीतिक हस्तक्षेपसम्बन्धी आरोपमा राति पक्राउ गरिएको छ ।


सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले अभियोजकको अनुरोधअनुसार पक्राउ पुर्जी जारी गरेको केही घण्टापछि उनलाई हिरासतमा राखिएको हो । 



किममाथि पूँजी बजार, वित्तीय लगानी र निर्वाचन कानून उल्लङ्घन गर्ने आरोप छ । यससँगै देशको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपति र प्रथम महिला दुवै जेलमा परेका छन् ।

अभियोजकहरूले प्रमाण नष्ट हुने जोखिमको कारण किमलाई अलग हिरासतमा राख्न अनुरोध गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार जेलमा उनलाई सामान्य लुगामा खाकी पोशाक लगाइनेछ र १० वर्ग मिटरको एकान्त कोठामा राखिएको छ, जहाँ पंखा छ । तर, वातानुकूलन छैन ।



पूर्वप्रथम महिलाले गिरफ्तारीलाई कानुनीरूपमा चुनौती दिन सक्ने प्रावधान भए तापनि, हालको परिस्थितिमा जमानत वा रिहाइको संभावना न्यून रहेको बताइएको छ ।

किमले सरकारी वकिल कार्यालयमा भनेकी छन्, ‘राष्ट्रको लागि समस्या सिर्जना भए क्षमा याचना गर्दछु ।’   



  • प्रकाशित मिति : २८ साउन, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया