१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

पूर्वी युक्रेनका दुई गाउँ नियन्त्रणमा लिएको रुसको दाबी

रुसको सेनाले पूर्वी युक्रेनको डोब्रोपिलिया नजिकका दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ ।  


रुसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा भनिएको छ, ‘डोनेट्स्क जन गणराज्यअन्तर्गत पर्ने सुवोरोभो र निकानोरीभका बस्तीहरू मुक्त गरिएको छ ।’



युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रलाई मस्कोले ‘डोनेट्स्क जन गणराज्य’ भनी सम्बोधन गर्ने गरेको छ । यी दुवै गाउँ डोब्रोपिलियाबाट करिब १५ किलोमिटर टाढा रहेका छन् ।

हालका दिनमा रुसले यस क्षेत्रमा तीव्र सैन्य दबाब सिर्जना गर्दै युक्रेनी सुरक्षाकर्मीका रक्षा पंक्तिहरू भेदन गर्न सफल भएको बताइएको छ । यो सैन्य प्रगति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार हुने बैठकभन्दा केही दिनअगावै देखिएको हो ।



एएफपीले अमेरिकी ‘इन्स्टिच्युट फर द स्टडी अफ वार (आइएसडब्लु)’ को तथ्यांकको विश्लेषण गर्दै मंगलबारको दिन २४ घण्टाभित्र रुसी सेनाले गरेको यो प्रगति पछिल्लो एक वर्ष यता सबैभन्दा ठूलो हुने जनाएको छ ।  

यसअघि युक्रेनी अधिकारीले जुलाई महिनामा डोब्रोपिलियाबाट बालबालिका भएका परिवारको सुरक्षित स्थानमा स्थानान्तरणको आदेश दिएका थिए ।

झण्डै २८ हजार जनाको पूर्व–संघर्ष जनसंख्या रहेको यो सहर हाल निरन्तर रुसी ड्रोन र गोला बर्सातको चपेटामा रहेको बताइएको छ ।  



  • प्रकाशित मिति : २८ साउन, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया