जेठ ३२ गते देशभरका रोट्रयाक्टर काठमाडौंमा भेला हुँदै

काठमाडौं– जेठ ३२ गते शनिबार काठमाडौंमा १२औं रोट्रयाक्ट डिस्ट्रिक्ट क्लब एसेम्ली र रिकग्निसन सेरेमोनी हुँदै छ । एसेम्लीमा देशैभरका रोट्रयाक्टर भेला हुनेछन् । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ मा नेपाल र भुटान पर्छन्, जसमा १३ वटा जोन छन् ।

यी जोनअन्तर्गत १२५ रोट्रयाक्ट क्लब छन् । रोटरी इन्टरनेसनलको युवा कार्यक्रममा रुपमा सन् १९६८ मा अमेरिकामा सुरु भएको रोट्रयाक्टका अहिले विश्वभर साढे ९ हजार क्वब छन् । क्लबमा १८ देखि ३० वर्षका झन्डै तीन लाख युवा आबद्ध छन् । विशेषगरी युवाहरुको व्यक्तित्व तथा नेतृत्वविकास र सेवामूलक कार्यमा यो क्लब क्रियाशील छ ।  

रोट्रयाक्ट क्लब अफ चन्द्रागिरिका प्रेसिडेन्ट इलेक्ट सैलेश शर्माका अनुसार ३२ गतेको राष्ट्रिय भेलामा नयाँ कार्यकालको योजना तर्जुमा, कार्यक्रमलगायत विषयमा छलफलका साथै तालिम दिइनेछ । क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका लागि सेसन सञ्चालन हुनेछ भने रोट्रयाक्टमा आबद्ध हुन चाहने व्यतिहरुलाई पनि विशेष सत्र सञ्चालन गरिनेछ । 





  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार १४:२७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया