माइतीघर मण्डलामा लोकतन्त्रका लागि नागरिक खबरदारी

काठमाडौं– मुलुकमा नागरिक स्वतन्त्रताको माग गर्दै मानवअधिकारकर्मी, नागरिक समाजलगायतले खबरदारी गरेका छन् । शनिबार बिहान माइतीघर मण्डलामा भेला भएर उनीहरूले संविधान पालनका लागि खबरदारी गरेका हुन् ।

सहभागीले नागरिक स्वतन्त्रताको सम्मान गर्न, प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ता लिन, मानवअधिकार आयोगमाथि हस्तक्षेप नगर्न र न्यायलयको स्वतन्त्रता कायम गर्न माग गरेका थिए ।

अधिवक्ता ओमप्रकाश अर्यालले सरकार लोकतन्त्रलाई खुम्च्याउन लागिपरेको दाबी गर्दै सरकारको यस्तो कार्यशैलीविरुद्ध खबरदारी गर्नुपरेको बताए । सरकारले ल्याएका विधेयकहरु संविधान, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, प्रेस स्वतन्त्रता र प्राज्ञिक संस्थाको आधारभूत मूल्य–मान्यताविरुद्ध रहेको उनको ठहर थियो । 

सरकारले संविधानलाई घेराबन्दीमा पारेर जनताका अधिकार सीमित र नियन्त्रित गर्ने, हस्तक्षेप गर्ने काम भएको पत्रकार हरिहर विरहीले बताए । यसलाई तुरुन्त बन्द गर्न उनले माग गरे । 

डाक्टर गोविन्द केसी, मानवअधिकारकर्मी चरण प्रसाई र डाक्टर बिमला शाक्यलगायत अभियानमा सहभागीले सरकारले ल्याएको मानवअधिकार आयोगसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयकलगायत विधेयक संविधानविपरीत भएको जिकिर गर्दै अविलम्ब फिर्ता गर्न माग गरे ।





  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार १६:२७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया