काश्मिरमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
काश्मिरको किश्तवार जिल्लाको हिमाली गाउँमा भारी वर्षापछि आएको बाढीले गर्दा हिन्दू तीर्थयात्रीसहित दर्जनौं बेपत्ता भएको उद्धार टोलीले जनाएको छ ।
उद्धारका अनुसार या महिना भारतमा यो वर्ष आएको दोस्रो ठूलो घातक बाढीजन्य प्रकोप हो ।
अधिकारीहरूले चिसोटी गाउँस्थित अस्थायी भान्साबाट १०० भन्दा बढी तीर्थयात्रीलाई बगाएको काश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले बताएका छन् ।
बाढीले पहाडबाट झारेको माटो, ठूला ढुङ्गाहरू र भग्नावशेषहरू उत्खनन गर्न आवश्यक मेसिन तथा सैनिकहरू ‘कठोर मौसम र दुर्गम भूभागको सामना गर्दै घाइतेहरूको उद्धारमा संलग्न रहेको’ जनाइएको छ ।
विपद् व्यवस्थापनका एकजना शीर्ष अधिकारी मोहम्मद इर्शादलाई उद्धृत गर्दै एएफपीले ‘६० जनाको मृत्यु भएको रेकर्ड गरिएको’ उल्लेख गरेको छ ।
बेपत्ताहरूको खोजी तीव्र पारिएको जनाउँदै इर्शादले करिब ५० जना गम्भीर घाइतेलाई अस्पताल लगिएको बताएका छन् ।
यही ५ अगस्टमा भारतको उत्तराखण्डमा आएको बाढी जन्य प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ७० भन्दा बढी पुगेको छ ।
संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान सङ्गठनले गत वर्षको तीव्र बाढी र खडेरी जलवायु परिवर्तनले जल चक्रलाई प्रभावित बनाएको कारण ‘मौसमी सङ्कट’ वृद्धि भएको बताएको छ ।
आँधीका कारण सडकहरू पहिले नै क्षतिग्रस्त भइसकेकाले यस क्षेत्रको मुख्य सहर श्रीनगरबाट सडकमार्फत २०० किलोमिटरभन्दा बढी भाग बाढीका कारण क्षति भएको जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।