२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

जापानको जीडीपीमा निरन्तर सुधार, अप्रिल-जुन त्रैमासिकमा सकारात्मक संकेत

जापानको अर्थतन्त्रले सन् २०२५ को दोस्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जुन महिनासम्मको अवधिमा वार्षिक १.० प्रतिशतले आर्थिक बिस्तार गरेको छ ।


जापानको क्याबिनेट कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार यो लगातार पाँचौंपटक त्रैमासिकरूपमा आर्थिक वृद्धि देखिएको हो ।



जनवरी–मार्च अवधिको प्रारम्भिक तथ्याङ्कमा ०.२ प्रतिशतको गिरावट देखाइएको थियो, तर त्यसलाई संशोधन गरी ०.६ प्रतिशतको वृद्धि गरिएको छ ।

महँगी समायोजनपछि, अप्रिल–जुन त्रैमासिकमा जापानको वास्तविक सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा ०.३ प्रतिशतले बढेको  कार्यालयको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।



यो जीडीपी वृद्धिको मुख्य कारण निर्यातमा देखिएको दृढता हो । निर्यात अघिल्लो त्रैमासिकको तुलनामा २.० प्रतिशतले बढ्दा आयात ०.६ प्रतिशतले वृद्धि भएको थियो । निर्यात र आयातबीचको अन्तरले त्रैमासिक वृद्धिमा ०.३ प्रतिशत विन्दुको योगदान दिएको छ, जुन सबैभन्दा ठूलो योगदान हो । त्यसपछि निजी लगानी दोस्रो ठूलो योगदानकर्ता रहेको छ ।

घरेलु मागको प्रमुख सूचक मानिने पुँजी लगानी (क्यापिटल इन्भेस्टमेन्ट) पहिलो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढेको छ, जुन पाँचौं पटक लगातार वृद्धिमा रहेको देखिन्छ ।

अन्य प्रमुख घटकमध्ये, कुल आर्थिक उत्पादनको आधाभन्दा बढी हिस्सा ओगट्ने निजी खपत (प्राइभेट कन्जम्प्सन) ०.२ प्रतिशतले मात्र वृद्धि भएको छ । 



  • प्रकाशित मिति : ३० साउन, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया