२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

‘श्रीकृष्ण जन्माष्टमी बृहत् भएको छ, मनाउनेको सङ्ख्या बढेको छ’

श्रीकृष्ण जन्माष्टमीका दिन कृष्णलाई पूजाआजा गर्नुको विशेष कारण छ । यस दिन विशेष विधि अनुसार श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानेर कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गर्न प्रचलन छ ।


कृष्ण को थिए भन्ने विभिन्न आधारहरू छन् । भगवान् विष्णुले विभिन्न रूप लिएकामध्ये कृष्ण पनि एक थिए भनिएको छ । विष्णु कहिले माछाको, कहिले कछुवाको, कहिले बराहको, कहिले रामको रूप त कहिले कृष्णको रूप लिएका छन् । उनले बराह रूप लिएर जलमा डुबेको पृथ्वीको उद्धार गरेका छन् ।



भगवान् नरसिंहलाई विष्णु भगवानको सबैभन्दा उग्र अवतार मानिन्छ । नरसिंह रूप लिएर हिरण्यकश्यप वध गरेको प्रसंग ग्रन्थहरुमै उल्लेख । रामको अवतार लिएर रावणलाई नाश गरेका थिए । रावणको नाश गर्न र लोकको रक्षा गर्नको लागि रामको अवतार लिएका हुन् । कृष्ण अवतार चाहीं देवकीको गर्भबाट जन्म लिएका उनी कंशलाई नाश गर्नका सक्रिय भएका थिए । कंशले धेरै दुःख दिएको एवम् लोकलाई असाध्यै दुःख दिएकाले उनलाई समाप्त गर्नको लागि र लोकको रक्षा गर्नको लागि भगवान् कृष्णको उत्पत्ति वा जन्म भएको हो । 

किन मनाउने जन्माष्टमी ? 



कृष्णलाई मनाउने र त्यही अनुसार लोकको रक्षा गर्ने भएकाले भगवान् कृष्णलाई मान्नु परेको हो । उनी एक विष्णुकै अवतार हुन् । उनी आमा–बुबाबाटै जन्मेका हुन् । तर विष्णुकै अवतार भएका हुनाले कृष्णले लोकको रक्षा गरेको, र धेरैलाई उद्धार गरेका छन् । लोकलाई उद्धार गरेका छन् । कृष्णले कंशलाई नाश गरेर धेरै राम्रो काम गरेका छन् । धेरै राम्रो काम गर्नेलाई मान्ने हो । त्यसैले कृष्णलाई मान्नुपरेको हो । कृष्णका भक्तहरू वा प्रणामीहरूले उनलाई मान्छन् । हामी पनि कृष्णलाई विष्णुकै अवतार हो भनी मान्छौँ मान्नै पर्ने हुन्छ ।  

बाँसुरी र मजुरको प्वाँख

कृष्णजीले सधैँ बाँसुरी बजाउने गरेको पाइन्छ । बाँसुरी बजाउने, गाना गाउनेले कृष्णलाई त व्यापक मान्छन् नि । मजुरको प्वाँख उनले सधैँ शिरमा सजाउँछन् । त्यही भएर बाँसुरी र मजुरको प्वाँखको चलन आएको हो । कृष्णले बाँसुरी त रातदिन नै बजाउने गरेका हुन् । त्यसै भएकाले पनि चढाउने दान गर्ने इत्यादि गर्नु राम्रो कुरा हो । नराम्रो कुरा होइन ।

पहिला र अहिले भिन्नता 



कृष्ण अष्टमी मनाउने तरिकामा केही फरक आएको छैन । हाम्रा शास्त्र तीनै हुन्,समय त्यही नै हो । जुन दिन कृष्ण अष्टमी पर्छ त्यही दिन मनाउने हो । जस्तो जुन दिन जनै पूर्णिमा पर्छ त्यही दिन मनाउने हो । जुन दिन नाग पन्चमी पर्छ त्यही दिन नै मनाउने हो । यि सबै तिथि शास्त्र अनुसार नै परिरहेका हुन्छन् । 

यि पर्वहरू पहिला पनि मनाइन्थ्यो र अहिले पनि मनाइन्छ । झन् अहिले जनसंख्याको वृद्धि भयो । मनाउनेहरूको संख्यापनि बढ्यो । मनाउने तौर तरिका एकै हो । अहिले झन् व्यापक भएको छ । शास्त्र त्यही हो शास्त्रअनुसार नै मनाउने हो । दसैँ, तिहार मनाउने दिन पनि तोकिएकै हुन्छ । अक कसरी र किन मनाउने भन्ने बहस भने अलग्गै हो । 

नेपाल छाडेर विदेश गएकाहरूले स्वदेश फर्किएपछि किन मनाउने भन्ने सोच राखेको होलान् । विदेशको सिको गरेर नेपालका पर्वहरू नमनाउने भन्ने होला । त्यतातिरको सिको लिएर नयाँ पुस्ताले किन मनाउने भन्ने खालको सोच पलाएको हुनसक्छ । तर भएका  चाडपर्वहरू  जति पनि छन्, ती सबै परम्परा अनुसार मनाउनपर्छ ।

यो त हाम्रो लागि हो, हाम्रो नेपालको लागि मात्र नभई भारतको लागि हो । चाडपर्व मनाउने भन्ने अमेरिका बेलायततिर त हुँदैन । त्यसैले यो आर्यर्वत क्षेत्रमा बसोबास गर्नेले जहाँ ऋषिमुनिहरुले हाम्रा शास्त्रहरूमा उल्लेख गरेका छन् । त्यसैले एकै ठाउँमा मनाउने हो, अरू ठाउँमा मनाउने होइन । प्रा.डा. गौतम धर्मशास्त्रविद् हुन् 

रस्मिता गिरीले तयार पारेको सामग्री 
 

  • प्रकाशित मिति : ३१ साउन, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया