अछाम– अछाममा रहेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यालयमा शनिबार अज्ञात समूहले बम विस्फोट गराएको छ । विस्फोटबाट कार्यालय भवन पूरै चर्केको छ भने शौचालयमा पूर्ण क्षति भएको छ ।
विस्फोट भएको भवन सो जलविद्युत आयोजनाले भाडामा प्रयोग गर्दै आएको थियो । शनिबार बिहान साढे दुई बजेतिर अज्ञात समूहले बम विस्फोट गराएको अछामका प्रहरीले बताएको छ ।
प्रहरीले सो घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरेको छ । बम विस्फोटमा संलग्नहरुको खोजीकार्य भइरहेको प्रहरीले दाबी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।