काठमाडौं– नेपाल पत्रकार महासंघले काठमाडौंमा मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन गरेको छ । पत्रकारहरुले बबरमहलदेखि माइतीघरसम्म मानव साङ्लो बनाएर प्रदर्शन गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघका पूर्वपदाधिकारी, विभिन्न सञ्चारगृहका सम्पादक तथा पत्रकारको उल्लेख्य सहभागिता थियो । सहभागीले आँखामा कालो पट्टी बाँधेर स्वतन्त्र प्रेसको पक्षमा नाराबाजी गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले स्वतन्त्र प्रेसका लागि विगतमा पनि अन्तराष्ट्रिय मिडिया मिसन नेपाल आएको स्मरण गर्दै आवश्यक परे अहिले पनि बोलाइने बताए । पत्रकार महासंघ वार्ताका लागि तयार रहँदा पनि सरकारले वेवास्ता गरेको उनको आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।