परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि निरन्तर पहल भइरहेको बताएकी छन् । उनले विपिनलाई उद्धार गर्ने विषय प्राथमिकतामा राखेर सरकारले द्विपक्षीय, बहुपक्षीय र अन्तर्राष्ट्रिय मञ्चमा लगातार काम गरिरहेको बताएकी हुन् ।
विपिनकी आमा र बहिनी हाल इजरायल छन् । त्यहाँ उनीहरूले इजरायली राष्ट्रपतिसँग भेट गरी रिहाइको अपिल गरिसकेका छन् ।
‘म परराष्ट्रमन्त्री नियुक्त भएपछि विपिनको रिहाइलाई प्राथमिकतामा राखेर संयुक्त राष्ट्रसङ्घीय महासभा, विभिन्न अन्तर्राष्ट्रिय बैठक र शिष्टाचार भेटवार्तामा निरन्तर अपिल गरिरहेकी छु,’ परराष्ट्रमन्त्री राणाले फेसबुकमा लेखेकी छन्, ‘मध्यपूर्वी देशका नेपाली दूतावासमार्फत निरन्तर सम्पर्कमा रही विपिनको सुरक्षित रिहाइका लागि पहल गरिरहेको छु । यसबारे उहाँको परिवार पनि जानकारीमा छन् । र, उनीहरू हाम्रा कूटनीतिक प्रयाससँग परिचित छन् ।’
उनले सन् २०२२ को असोजमा न्युयोर्कमा आयोजित राष्ट्रसङ्घीय महासभामा सहभागी हुँदा उनले जि७७ प्लस, जि२०, एलडिसी र एलडीसी राष्ट्रसँग पनि विपिनको रिहाइका लागि अपिल गरेकी थिइन् ।
त्यसैगरी दोहा, इरान, कतार, इजिप्ट र इजरायलका उच्च अधिकारीसँग निरन्तर संवाद गर्दै सुरक्षित रिहाइ सुनिश्चित गर्ने प्रयास भइरहेको पनि मन्त्री राणाले उल्लेख गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।