२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

कालीगण्डकीमा अस्ताए श्यामकला-अर्पित, घटना रहस्यमय

शान्तिसँग सुसाइरहेको कालीगण्डकी नदीले केही दिनदेखि स्याङ्जाको बिर्घा गाउँ अशान्त छ । कारण हो, श्यामकला पाण्डे र उनका सात वर्षीय छोराको मृत्यु । उनीहरू गत २१ साउनदेखि कालीगण्डकीमा बेपत्ता भएका थिए । 


आफ्ना ससुराको सल्लाह र घरको जिम्मेवारीमा जीवन बिताउँदै आएकी श्यामकला शिक्षिका पनि हुन् । वैदेशिक रोजगारीमा रहेका श्रीमान् र आत्मनिर्भर श्यामकला आफ्ना विद्यार्थी र गाउँ समाजमा सम्मानित व्यक्तित्व थिइन् । तर, मानसिक पीडा वा अस्वस्थताले कसरी उनको जीवनमा यत्रो अन्धकार ल्यायो भन्ने रहस्य अझै खुलिसकेको छैन ।  



स्याङ्जाको सेतिवेणी प्रतीक्षालयमा श्यमकलाको झोला, चप्पल र छोरा अर्पितको सानो खेलौना भेटियो । तर, उनीहरू भेटिएनन् । श्यामकला र उनका छोराले कालीगण्डकी नदीमा नुहाउनेक्रममा खोलाको बाढी वा हल्काले बगाएको हो वा आत्महत्या हो खुलेको छैन । स्थानीयले उनीहरूको सामान भेटाएलगत्तै खोजीको काम थालेको भए पनि भेटाएनन् । गाउँले र परिवारले श्यामकलालाई सरल, इमानदार र मायालु व्यक्तिको रूपमा सम्झन्छन् । 

आर्थिक कठिनाइ, पारिवारिक द्वन्द्व केही थिएन । त्यो कुनै दुर्घटना या घटना नभइ श्यामकलाले नै चाहेको निर्णय होला भन्ने गाउँलेले कल्पनासम्म गरेका छैनन् । आफन्त, स्थानीय र सुरक्षा निकायको कोजीले अन्ततः उनीहरूको शव भेटेको छ । नवलपुरको कावासोती नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा शव फेला परेको कालीगण्डकी गाउँपालिका–४ का वडाध्यक्ष यादव पाण्डे बताए । 



उनका अनुसार अर्पितको कानको मुन्द्रा र घाटीको मालाले पहिचान खुलेको हो । नारायणी नदी किनारमा महिला र करिब तीन सय मिटरको दूरीमा मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारीमा बालकको शव भेटिएको उनले जानकारी दिए । शव गलेको अवस्थामा भेटिएको उनको भनाइ छ । 

भेटिएको शव आमा–छोराको भए/नभएको प्रहरीले अहिलेसम्म आधिकारिक पुष्टि भने गरेको छैन । शवको थप पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न वडाध्यक्ष पाण्डेसहित श्यामकलाको परिवार स्याङ्जाबाट कावोसोती अस्पतालतर्फ पुगेको छ ।



  • प्रकाशित मिति : २ भदौ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया