उत्तर प्रदेशमा मुख्यमन्त्रीको आलोचनामा ट्विट गर्दा पत्रकार पक्राउ  !

एजेन्सी– भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि सामाजिक सन्जाल ट्विटरमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा उत्तर प्रदेश प्रहरीले एक पत्रकारलाई गिरफ्तार गरेको छ । 

गिरफ्तार गरिएका पत्रकार प्रशान्त कनौजिया हुन् । उनलाई शनिबार प्रहरीले दिल्लीमा रहेको उनको घरबाट पक्राउ गरेर लखनउ लगिएको हो । 

प्रशान्तकी पत्नीका अनुसार उनले आफ्नो ट्विटरमा एउटा भिडियो राखेका थिए । भिडियोमा एक महिलाले आफूलाई योगी आदित्यनाथकी प्रेमिका भएको बताएकी छिन् । 

यस भिडियोसँगै उनले योगीबारे टिप्पणी गरेका थिए ।

उनको गिरफ्तारीसँगै भारतमा यसबारे चर्को बहस सुरु भएको छ । समाजवादी पार्टीले उनलाई पक्राउ गरिएको विषयमा नै आलोचना गरेको छ । उसले कानुन व्यवस्थामा फेल भएको सरकारले पत्रकार पक्राउ गरेर आफ्नो हताश परिस्थिति देखाएको टिप्पणी गरेको छ ।



प्रहरीले दर्ता गरेको उजुरीमा प्रशान्तले आपत्तिजनक टिप्पणी गर्दै उनको छवि बिगार्न खोजेको उल्लेख गरिएको छ । 

प्रशान्त समाचार बेवसाइट द वायरमा काम गर्थे । अहिले उनी स्वतन्त्र पत्रकारिता गरिरेका छन् । 



त्यसो त उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि सामाजिक सन्जालमा नै आपत्तिजनक टिप्पणी गरेको भन्दै यसअघि नोएडा प्रहरीले एक टिभी च्यानलका सम्पादकलाई पनि यसअघि गिरफ्तार गरेको थियो ।

  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार ०:५४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया