पोखरा –कास्कीबाट विप्लवका १८ जना कार्यकर्ता पक्राउ परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा शनिबार साँझ ६ बजे बैठक बसिरहेको ठाउँमा घेराहाली प्रहरीले नेत्रविक्रम चन्द विप्लवका १८ जना नेता–कार्यकर्ता पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा कास्की जिल्ला सेक्रेटरी मिलन राईसहितका कार्यकर्ता रहेका छन् ।
उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्की ल्याएर अनुसन्धान सुरु गरिएकाे कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। उक्त क्षेत्रमा गतिविधि बढिरहेकाे भन्ने सूचनाकाे आधारमा जिप्रकाबाट प्रहरी टाेली पठाएर पक्राउ गरेकाे कार्कीले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।