प्रधानमन्त्री कपकाे उपाधि पुलिस क्लबलाई

काठमाडौं – तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

आर्मीले दिएको १२६ रनको लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसको जितमा प्रारम्भिक ब्याट्सम्यान सुनिल धमलाले ४२ रनको अविजित पालि खेले । निकै सुस्त गतिमा रन बनाएका उनले १३१ बलमा दुई चौका हिर्काए । यस्तै अमित श्रेष्ठले ४४ रन बनाउँदा कप्तान मञ्जित श्रेष्ठले ११ रन बनाए ।

आर्मीका करन केसीले तीन विकेट लिए । यस्तै सहाब आलमले दुई तथा सुशन भारीले एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३३.३ ओभरमा अलआउट हुँदै १२५ रन मात्र बनाउन सक्यो । पुलिसका पवन सर्राफ र ललितनारायण राजवंशीले धारिलो बलिङ गर्दै आर्मीलाई दबाबमा राखेका थिए । पवन र ललितले चार÷चार विकेट लिए । यस्तै सागर ढकालले पनि एक विकेट हात पारे ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र नेपालयको व्यवस्थापनको भएको प्रतियोगिताको उपाधि विजेता पुलिसले २० लाख रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता आर्मीले भने १० लाख रुपैयाँमा चित्त बुझायो ।





  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार ९:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया