२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

गौर हत्याकाण्ड : जसपा नेपालले गर्यो प्रधानमन्त्रीको पुतला दहन

जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवं नेता तथा कार्यकर्ताहरूले जनकपुरधाममा क्रमशः तेस्रो दिन पनि सरकारविरुद्व प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहनसमेत गरेको छ ।


बुधबार जनकपुरधामको भानु चोकमा सडक अवरुद्ध गर्दै उनीहरुले ओली सरकार मुर्दावाद, झुटो मुद्दा खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारवाही गर लगायतका नारा लगाएका छन् ।



जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसदमा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवम मधेश प्रदेश सभा सदस्य रामअशिष यादवले बताए । उनले कांग्रेस र एमालेले मिलेर उपेन्द्र यादवलाई फसाउने षड्यन्त्र गरेको आरोप लगाए ।

सरकारले उपेन्द्र यादवविरुद्धको मुद्दा फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रिने प्रमुख सचेतक यादवले चेतावनी दिए ।



गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार परमादेश दिएको छ । ०६३ चैत ७ गते रौतहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबिच एकै ठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । 



  • प्रकाशित मिति : ५ भदौ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया