१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

एनआईसी एसिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा छुट सुविधा

एनआइसी एसिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता भएको छ । 


यस समझदारीसँगै यस बैंकका ग्राहकले कैलालीस्थित धनगढीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 



अस्पतालमा ओपीडी/आपतकालीन ओपीडी, सामान्य बेड (अस्पतालमा भर्ना), प्रति दिन केबिन, आईसीयू बेड, एनआईसीयू बेड, पोस्ट–अपरेटिभ कोठा, सामान्य शल्यक्रिया, अर्थोपेडिक, स्त्री रोग, ल्याप्रोस्कोपिक सर्जरी, प्याथोलोजी परीक्षण, भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, इको, इण्डोस्कोपी, मेडिसिन जस्ता सेवाहरूमा छुट सुविधा पाइने भएको हो । 

सुविधाको उपभोग गर्ने ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । हस्पिटल सँगको सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।





  • प्रकाशित मिति : ५ भदौ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया