२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

भारत-चीनबीचको सहमति राष्ट्रघाती, तत्काल सच्याइयोस् : नेकपा
फाइल तस्बिर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चीन र भारतबीच लिपुलेक मार्ग हुँदै सीमापार व्यापार पुनः सुरु गर्ने सहमति नेपाली जनतालाई जानकारी नदिइएकोमा आपत्ति जनाएको छ ।  


सूचना नदिई निर्णय गर्नु भारत–चीनको अतिक्रमणकारी र हस्तक्षेपकारी रवैयालाई उजागर गरेको सो दलको भनाइ छ । 



पार्टीको बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौम र अखण्ड भूभागसम्बन्धी निर्णयमा नेपाल र नेपाली जनतालाई अवगत नगराइ दुई देशबीच सीमापार व्यापार पुनः सुरु गर्ने सहमति गर्नु भनेको अहंकारपूर्ण र हस्तक्षेपकारी व्यवहारको स्पष्ट प्रमाण हो ।’ 

नेपाल कम्युनिष्ट पार्टीले देशको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि भइरहेको आक्रमणको घोर निन्दा गर्दै यस्तो सहमति खारेज गर्न सरकारसँग पहल गर्न आग्रह गरेको छ । 



विज्ञप्तिमा भनिएको छ, ‘दुई देशका विदेश मन्त्रीबीच गरिएको अन्यायपूर्ण र राष्ट्रघाती सहमति तत्काल फिर्ता लिन चीन र भारत सरकारलाई विशेष अपिल गर्दै नेपाल सरकारसँग खारेजीका लागि जोडदार पहल गर्न माग गर्दछौँ ।’ 



  • प्रकाशित मिति : ५ भदौ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया