आज भाेटाे जात्रा

ललितपुर– काठमाडाैं उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्राअन्तगर्त भोटो जात्रा आज मनाइँदै छ। आज साँझ ५ः१५ बजे गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्च पदस्थ व्यक्तिलाई भोटो देखाउने छन्।

गुठी संस्थान ललितपुर शाखा प्रमुखले नै भोटो देखाउने परम्परा छ। जावलाखेलमा भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङमती पुर्याइन्छ। रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङमतीमा राख्ने गरिन्छ। 

जेठ २३ गते बिहीबार लगनखेलस्थित थटी टोलबाट रथलाई जावलाखेल पुर्याइएको हो।

वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्ने जात्रा करिब १६ सय वर्षअघि सुरु भएको संस्कृतिविद् हरिराम जोशी बताउँछन् । याे विशेषगरी खेतीकिसानीसँग सम्बन्धित छ।

३२ हात अग्लो रथ बाजागाजा सहित ललितपुरका टोलहरुमा परिक्रमा गराइन्छ। विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन्।

१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ। हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्।





  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार १०:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया