२६ कात्तिक, २०८२ बुधबार
Nov. 12, 2025

लिपुलेकमा व्यापारमार्ग खोल्ने चीन-भारतबारे संसदमा के भन्छ राप्रपा ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने सहमतिप्रति गम्भीर आपत्ति जनाएकी छन् ।


शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेपालीले नेपाल सरकारलाई बेवास्ता गर्दै एकतर्फी रूपमा गरिएको उक्त सहमतिले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा प्रत्यक्ष–अप्रत्यक्ष असर पार्ने चेतावनी दिइन् ।



उनले भनिन्, ‘भारत र चीनबीच हालै भएको सहमति अनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयबारे राष्ट्रिय प्रजातन्त्र पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ । नेपालको सार्वभौमिकता र स्वाधीनतामा यस्तो एकतर्फी निर्णय गम्भीर प्रहार हो ।’

सांसद नेपालीले लिपुलेक, कालापानी र लिम्पियाँधुरा क्षेत्रहरू नेपालका अभिन्न अंग भएको बताइन् । उनले त्यस्ता विवादित भेगमा नेपालसँग परामर्श नगरी गरिने सहमति अस्वीकार्य हुने बताइन् ।



‘नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै भारत र चीनले व्यापारिक सहमति गर्नु केवल असमान व्यवहार मात्र होइन, अन्तर्राष्ट्रिय कानून र कूटनीतिक मर्यादाको समेत उल्लंघन हो,’ उनले भनिन् । राप्रपाले सरकारसँग उक्त विषयमा स्पष्ट र कडा कूटनीतिक पहल गर्न माग समेत गरेको छ । 



  • प्रकाशित मिति : ६ भदौ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया