थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रालाई भ्रष्टाचारकाे अर्काे मुद्दामा जेल सजाय

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रालाई भ्रष्टाचारको मुद्दामा दुई वर्ष जेल सजाय सुनाइएको छ । सर्वोच्च अदालतले उनलाई अवैध रुपमा लटरी कार्यक्रम चलाएको मुद्दामा दोषी सावित भएपछि उक्त सजाय सुनाएको हो । 

सञ्चारमाध्यामका अनुसार थाकसिन सिनावात्राले एक दशकअगाडि आफ्नो कार्यकालको क्रममा लटरी कार्यक्रमको सुरुवात गरेका थिए । यसबाट थाइल्यान्ड सरकारले करौडौं डलरको नोक्सान उठाउन परेको थियो । 

योभन्दा पहिला अप्रिलमा सिनावात्रालाई फ्रडको केसमा तीन वर्षको जेल सजाय सुनाएको थियो । उनले आफ्नो कार्यकालमा थाइल्यान्डका एक्सपोर्ट–इम्पोर्ट बैंकबाट म्यान्मारलाई ऋण दिएका थियो । यस रकमको प्रयोग सिनावात्राको परिवारको माताहतमा रहेको उपग्रह संचार कम्पनीलाई दिइएको पछि पत्ता लागेको थियो । 

२००६ मा थाकसिन सिनवात्रा सत्ताबाट हटेका थिए । यसपछि उनकाे पार्टीमाथि प्रतिबन्ध लगाइएकाे थियाे । २००८ मा उनी थाइल्यान्ड छाेडेर भागे । उनी दुबईमा बस्दै आएकाे हुन सक्ने मानिन्छ । 





  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार ११:५०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया