२४ महिनामा ३४ किलो वजन घटाएकी थिइन् सोनमले

एजेन्सी– बलिउड अभिनेत्री सोनम कपुरले आइतबार ३४ औं जन्मदिन मनाइरहेकी छिन् । कुनै समय बलिउडमा निकै व्यस्त मानिएकी सोनम पछिल्लो समय विवाहपछि खासै धेरै फिल्ममा देखिएकी छैनन् । उनको फिल्म जोया फ्याक्टर सेप्टेम्बरमा रिलिज हुँदैछ ।

सोनम कपुरले फिल्ममा खेल्नुभन्दा पहिले सहायक निर्देशकका रुपमा काम गरेकी थिइन् । रानी मुखर्जी र अमिताभ बच्चनको फिल्म ब्ल्याकमा उनले सन्जय लिला भन्सालीसँग मिलेर निर्देशन गरेकी थिइन् । 

त्यतिबेला उनी निकै मोटी थिइन् । तर, पछि फिल्ममा उनले डेब्यु गर्ने भएपछि उनको वजन घटाउन थालिन् । सोनम फिल्म निर्देशन गर्ने समयमा ८० किलो थिइन् । पछि उनले २४ महिनामा नै ३५ किलो वजन घटाएकी थिइन् । 

सोनमले पहिलो फिल्म रणबीर कपुरसँग गरेकी थिइन् । यहीबीच यी दुईको प्रेम सम्बन्ध झाँगियो । तर, यो लामो समय चल्न सकेन ।





  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार ११:५३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया