२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

पाकिस्तानमा वर्षाजन्य विपद: मृतकको संख्या ७७१ पुग्यो

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले पाकिस्तानमा विगत २४ घण्टामा मनसुनी वर्षाका कारण कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएको जनाएको छ ।


उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा धेरै १४ बालबालिका सहित २१ जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा दुई जनाको मृत्यु भएको छ भने कश्मीरमा एक जनाको मृत्यु भएको जनाइएको छ ।



आकस्मिक बाढी र भारी मनसुनी वर्षाका कारण धेरैको मृत्यु भएको अधिकारीले बताएका छन् । जुन महिनाको अन्त्यदेखि पाकिस्तानमा भएको मौसमी वर्षाले ७७१ जनाको ज्यान लिएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।





  • प्रकाशित मिति : ६ भदौ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया