१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

विज्ञको सुझाव : लिपुलेक विवादमा प्रधानमन्त्रीले सुझबुझपूर्ण कदम चाल्नुपर्छ

नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भूमिका अपरिहार्य रहेको विज्ञहरूले औंल्याएका छन् । 


नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्ड्स अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरूले चीनले कृषि, शिक्षा, प्रविधि, स्वास्थ्य, अन्वेषण लगायतका क्षेत्रमा गरेको उन्नतीबाट नेपालले पनि लाभ उठाउन सक्नुपर्ने बताएका हुन् । 



पूर्व परराष्ट्रमन्त्री एवं चीनका लागि नेपालका पूर्वराजदूत महेन्द्र पाण्डे, इतिहासविद डा. सुरेन्द्र केसी, परराष्ट्रविज्ञ डा. मनिता कुशी र क्लाउडका अध्यक्ष शोभित उप्रेतीले यस्तो धारणा राखेका हुन् । 

पूर्वपरराष्ट्रमन्त्री पाण्डेले हाल विवादमा आएको लिपुलेक प्रकरणमा प्रधानमन्त्रीले सुझबुझरूपमा कदम चाल्नुपर्ने बताए । आफ्नो आसन्न चीन र भारत भ्रमणमा अनुकूल वातावरण बनाएर दुवै देशसँग परिणाममुखी वार्ता गर्न उनले सुझाव दिए । 



नेता पाण्डेले चीनका हरेक विश्वविद्यालयमा अनुसन्धानलाई उच्च प्राथमिकता दिने गरेको बताउँदै नेपालका विश्वविद्यालयलाई पनि त्यसै अनुसार अघि बढाउनुपर्ने धारणा राखे । 

प्रा. डा. सुरेन्द्र केसीले नेपालको सुरक्षाको ढाडस नै चीन रहेको धारणा राखे । दुईदेशीय सम्बन्धको इतिहास कोट्याउँदै उनले अंशुवर्मा, भृकुटी, अरनिकोलगायतबाट जोडिएको सम्बन्ध अहिले राजनीतिक र जनस्तरमा समेत बलियो हुँदै गएको बताए ।  

क्लाउडका अध्यक्ष उप्रेतीले कुटनैतिक  सम्बन्ध गाँसिएको  ७० वर्ष पुग्नु आफैंमा गौरवमय भएको धारणा राख्दै चीनको उन्नतिको लाभ उठाउन ढिलो गर्न नहुने धारणा राखे । 



  • प्रकाशित मिति : ६ भदौ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया