संयुक्त राष्ट्रसङ्घले गाजामा पहिलोपटक अनिकालको औपचारिक घोषणा गरेको छ । करिब पाँच लाख मानिस अहिले ‘विनाशकारी’ भोकमरीको सामना गरिरहेका छन् ।
आइपिसीका अनुसार गाजामा खाद्यान्नको चरम अभावका कारण प्रत्येक १० हजारमा कम्तीमा दुई जनाको मृत्यु भोकमरी वा कुपोषणबाट हुन्छ । पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् ।
संयुक्त राष्ट्रका अधिकारीहरूले इजरायलले हमासविरुद्ध आक्रमण र सहायता आपूर्तिमा ‘सुनियोजित अवरोध’ सिर्जना गरेको भन्दै मानवीय अवस्था बिग्रँदै गएको बताएका छन् । इजरायलले भने अनिकालको घोषणा ‘हमासको झूटमा आधारित’ भएको दाबी गरेको छ ।
आइपिसीले सन् २०२५ अगष्ट १५ सम्ममा गाजाको प्रशासनिक क्षेत्र अनिकाल चरण ५ मा पुगेको पुष्टि गरेको छ ।
सेप्टेम्बरसम्म अनिकालले तीन चौथाईभन्दा बढी जनसङ्ख्यालाई असर गर्ने अनुमान छ । संयुक्त राष्ट्रका मानवअधिकार प्रमुख भोल्कर तुर्कले भोकमरीलाई युद्धको विधि प्रयोग गर्नु युद्ध अपराध भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।