'गुठी विधेयक पारित भए काठमाडाैंमा रगतकाे खाेलाे बग्छ'

काठमाडौं– संसदमा प्रस्तावित गुठी विधेयकको विरोध गर्दै प्रदर्शन गरिरहेकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार माइतीघरमा भएको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही घाइते भएका पनि छन् । 

प्रदर्शनकारीले गुठी विधेयकका कारण धर्मसंस्कृतिमाथि अत्याचार भएको आरोप लगाउँदै विधयेक खारेजको माग राखेका छन् । उनीहरुले गुठी विधयेक तत्काल खारेज हुनुपर्ने माग राखेका छन् । 

विरोध प्रदर्शनमा सम्पदा बचाउ अभियन्ता गणपतिलाल श्रेष्ठले सार्वजनिक जग्गा, गुठीका जग्गाहरु अतिक्रमण हँुदा पनि राज्यले बेवास्ता गरेको आरोप लगाएका छन् । उनले भूमाफियालाई संरक्षण गर्न गुठी ऐन ल्याउन खोजिएको आरोप लगाए । ‘यो विधेयक पारित भए काठमाडौंमा रगतको खोलो बग्छ,’ उनले भने, ‘भूमाफियालाई पोस्न ल्याइएको विधयेक कदापि पारित हुनु हुँदैन ।’

यसलाई हचुवाको भरमा ल्याइएको पनि उनको आरोप छ । ‘न विज्ञहरुसँग छलफल गरियो,’ उनले भने, ‘सरकारले मनोमानी ढंगले यो विधयेक ल्याउन खोजिरहेको छ ।’

प्रदर्शनकारीहरुले विधेयकको २३ नम्बरमा गुठीको हक अधिकार प्राधिकरणमा लैजाने, २४ मा गुठियारहरुको हक स्वतः समाप्त हुने, २५ मा गुठियारहरुले नगद पेश गर्नुपर्ने र नगरेमा जरिवानास्वरुप नगद बुझाउनुपर्ने व्यवस्था रहेकोमा आपत्ति जनाएका हुन् । 

यो विधेयक संसदमा १६ वैशाखमा भूमी व्यवस्था मन्त्री पद्मा अर्यालले पेश गरेकी थिइन् ।



 



 

  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार १३:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया