आज बुबाको मुख हेर्ने दिनमा आफ्नो बुबा नहुनेहरुले विभिन्न पवित्र स्थानमा गई बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । पितृप्रति श्रद्धा अर्पण गर्न कै लागि भनेर गोकर्णेश्वर मन्दिरमा पनि बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ ।
भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले पनि उक्त मन्दिरमा भिड लाग्ने गर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।